दफा ३१
कबुलियती वन प्रदान गर्ने
नेपाल सरकारले देहायका उद्देश्यहरुको लागि राष्ट्रिय वनको कुनै भाग कबुलियती वनको रुपमा प्रदान गर्न सक्नेछः–
(क) वन पैदावारमा आधारित उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्न,
(ख) वृक्षारोपण गरी वन पैदावारको उत्पादनमा अभिवृद्धि गरी बिक्री वितरण गर्न वा उपयोग गर्न,
(ग) वनको संरक्षण र विकास हुने गरी पर्यटन व्यवसाय सञ्चालन गर्न,
(घ) वनको संरक्षण र विकास हुने गरी कृषि वन बाली कार्य सञ्चालन गर्न,
(ङ) वनको संरक्षण र विकास हुने गरी कीट, पतड्ड तथा वन्यजन्तुको फार्म सञ्चालन गर्न ।
(च) गरिबीको रेखामुनि रहेका जनताको गरिबी न्यूनीकरण गर्न वनको संरक्षण र विकास हुने गरी डिभिजन वन कार्यालय मार्फत तोकिए बमोजिम आय आर्जनका कार्यक्रम सञ्चालन गर्न।