दफा २६
कबुलियती वन प्रदान गर्ने
(१) नेपाल सरकारले देहायको प्रयोजनको लागि राष्ट्रिय वनको हैसियत बिग्रिएको कुनै भाग कबुलियती वनको रुपमा तोकिए बमोजम सम्झौता गरी प्रचलित कानून बमोजिम स्थापित कुनै सङ्गठित संस्थालाई उपलब्ध गराउन सक्नेछ

(क) बन पैदावारमा आधारित उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थ

उत्पादन गर्न

(ख) वृक्षारोपण गरी वन पैदावारको उत्पादनमा वृद्धि गरी बिक्री वितरण गर्न

वा उपयोग गर्न

(ग) बनको संरक्षण र विकास हुने गरी कृषि वन बाली वा पशु फर्म सञ्चालन

गर्न

(घ) बनको संरक्षण र विकास हुने गरी कीट पतङ्ग तथा वन्यजन्तुको फार्म वा

उद्यान सञ्चालन गर्न

(ङ) बनको संरक्षण र विकास हुने गरी पर्यापर्यटन व्यवसाय सञ्चालन गर्न। स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि हैसियत बिग्रिएको वन भन्नाले बीस प्रतिशतभन्दा कम छत्र घनत्व (क्राउन कभरेज) भएको वन सम्झनु पर्छ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि डिभिजन वन कार्यालयले गरिबीको रेखामुनि रहेका जनताको गरिबी न्यूनीकरणको लागि कार्ययोजना बनाई बनको संरक्षण र बिकास हुने गरी आय आर्जन हुने कार्यक्रम सञ्चालन गर्न त्यस्ता जनताको समूहलाई कबुलियती वनको रुपमा वनक्षेत्र उपलब्ध गराउन सक्नेछ।