दफा ३३
कबुलियती वन फिर्ता लिन सकिने
(१) दफा ३२ बमोजिम प्रदान गरिएको कबुलियती वनमा पट्टावालाले वन सम्बन्धी पट्टा बमोजिम कार्य सञ्चालन गर्न नसकेमा वा वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने कुनै कार्य गरेमा वा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम पालन गर्नु पर्ने कुराहरु पालन नगरेमा प्रदेश वन निर्देशकले तोकिए बमोजिम वन सम्बन्धी पट्टा खारेज गरी त्यस्तो कबुलियती वन फिर्ता लिने निर्णय गर्न सक्नेछ ।
तर त्यसरी वन सम्बन्धी पट्टा खारेज गरी कबुलियती वन फिर्ता लिने निर्णय गर्नु अघि सम्बन्धित पट्टावालालाई आफ्नो सफाई पेश गर्ने मौका दिइनेछ ।
(२) उपदफा (१) बमोजिम प्रदेश वन निर्देशकले गरेको निर्णय उपर चित्त नबुझ्ने पट्टावालाले त्यस्तो निर्णयको सूचना पाएको मितिले पैंतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३२ को उपदफा (६) बमोजिम प्रदान गरिएको कबुलियती वनको हकमा उपदफा (१) बमोजिमको अवस्था भएमा डिभिजनल वन अधिकृतले त्यस्तो पट्टा खारेज गरी कबुलियती वन फिर्ता लिने निर्णय गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिमको निर्णय उपर चित्त नबुझ्ने समुदायले प्रदेश वन निर्देशक समक्ष उजुर गर्न सक्नेछ । त्यस्तो उजुरीमा प्रदेश वन निर्देशकले गरेको निर्णय अन्तिम हुनेछ ।