दफा १८१
कम्पनीको कारोबार सम्बन्धी सूचना
 (१) यस ऐन, प्रबन्धपत्र र नियमावली बमोजिम कुनै सूचना
दिनु पर्ने भएमा र सूचना प्राप्त गर्ने व्यक्तिले उल्लिखित समय अगावै वा पछि सो सूचना आवश्यक नभएको कुरा लिखितरुपमा ब्यक्त गरेमा सो सूचना प्राप्त गरेसरह मानिनेछ ।
(२) कुनै सभामा शेयरधनी स्वयं वा प्रतिनिधि मार्फत उपस्थित भएमा निजले यस ऐन, प्रबन्धपत्र वा नियमावली बमोजिम निजले पाउने सूचनाको हक परित्याग गरेको मानिनेछ ।