दफा ६२
कम्पनीले आफ्नोशेयर खरिद गर्न कुनै ऋण वा आर्थिक सहयोग दिन नहुने
: कम्पनीले आफ्नो वा आफ्नो मुख्य कम्पनी &वा सहायक कम्पनीको शेयर खरिद वा कुनै व्यहोराले सो शेयरमा हक प्राप्त गर्नको लागि कसैलाई ऋण वा कुनै किसिमको आर्थिक सहयोग उपलब्ध गराउनु हुँदैन ।
तर कम्पनीका कर्मचारीहरुलाई शेयर बिक्री गर्ने योजना अन्तर्गत कर्मचारीलाई सम्बन्धित
कम्पनीको वा कम्पनीको मुख्य कम्पनीको पुरा मूल्य चुक्ता भएको शेयर खरिद गर्न वा त्यस्तो
शेयरमा कुनै व्यहोराले स्वामित्व प्राप्त गर्नको लागि ऋण उपलब्ध गराउन यस दफामा लेखिएको
कुनै कुराले बाधा पुर्याउने छैन ।