दफा १०
कम्पनीले पालन गर्नु पर्ने शर्तहरु
: यस ऐन बमोजिम संस्थापित कम्पनीले यो ऐन, प्रबन्धपत्र वा
नियमावलीमा लेखिएका शर्तहरुका अतिरिक्त देहायका शर्तहरुको पालना गर्नु पर्नेछ ः-
(क) आपूmले गर्ने सम्पूर्ण काम कारोबारहरु सो कम्पनीको नामबाट गर्नु पर्नेछ ।
(ख) प्राइभेट कम्पनीले आफ्नो नामको पछाडि “प्राइभेट लिमिटेड” र पब्लिक कम्पनीले
आफ्नोनामको पछाडि “लिमिटेड” लेख्नु पर्नेछ ।
तर मुनाफा वितरण नगर्ने कम्पनीको हकमा यो व्यवस्था लागू हुने छैन ।
(ग) प्राइभेट कम्पनीले आफ्नोशेयर तथा डिबेञ्चर खुल्लारुपमा बिक्री गर्नु हुँदैन ।
(घ) प्रबन्धपत्र, नियमावली वा सर्वसम्मत सम्झौतामा व्यवस्था गरिएको कार्यविधि
पुरा नगरी प्राइभेट कम्पनीले आफ्नो धितोपत्र शेयरधनीहरु बाहेक अन्य
व्यक्तिलाई धितो बन्धक राखी वा अन्य कुनै किसिमले हक छाडी दिन हुँदैन ।
(ङ) कम्पनीले साझेदारी वा प्राइभेट फर्म खोल्न हुँदैन ।
(च) यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक मुनाफा वितरण नगर्ने कम्पनीले
आफ्ना सदस्यहरुलाई लाभांश वितरण गर्न वा सदस्य वा निजका नजिकका
नातेदारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपले कुनै रकम भुक्तानी गर्न हुँदैन ।