दफा ४३
करारमा काममा लगाउन सकिने
(१) विश्वविधालयको शैक्षिक तथा प्रशासनिक कार्यसम्पादन गर्न विश्वविद्यालयमा बहालवाला शिक्षक तथा कर्मचारीबाट सम्भव नभएको र त्यस्तो कार्यसम्पादन गर्न बाधा परेको तथा दफा ४२ बमोजिम तत्काल पदपूर्ति हुने अवस्था समेत नरहेमा विश्वविद्यालयको स्वीकृत दरबन्दीमा कुलपतिको स्वीकृति लिई शिक्षकलाई डीनले, केन्द्रीय विभागका कर्मचारीलाई रजिष्ट्रारले र अन्य कर्मचारीको हकमा सम्बन्धित निर्देशकले करार गरी काममा लगाउन सक्नेछ।
(२) उपदफा (१) बमोजिम करारमा काममा लगाइएका शिक्षक तथा कर्मचारीको काम, कर्तव्य, अधिकार तथा पारिश्रमिक, सुविधा र सेवाका शर्तहरू करारमा उल्लेख भए बमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिम करारमा काममा लगाइएका शिक्षक तथा कर्मचारीको काम, कर्तव्य, अधिकार तथा पारिश्रमिक, सुविधा र सेवाका शर्तहरू करारमा उल्लेख भए बमोजिम हुनेछ।