नियम ४२
कर्जा असुली न्यायाधिकरणको गठन
: (१) नेपाल सरकारले नेपाल राजपत्रमा सचना प्रकाशन गरी देहाय बमोजिमको कर्जा असुली न्यायाधिकरण गठन गर्न सक्नेछ :-
(क) जिल्ला अदालतको न्यायाधीश हुने
योग्यता पुगेको नेपाल न्याय सेवाको
राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत - अध्यक्ष (ख) सहकारी, अर्थशास्त्र वा व्यवस्थापनमा
कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी नेपाल सरकार, नेपाल प्रशासन सेवामा
राजपत्राड्गित द्वितीय श्रेणीको अधिकृत
स्तरको पदमा तीन वर्षको अनुभवप्राप्त
व्यक्ति - सदस्य (ग) चार्टड एकाउन्टेन्सी बा सो सरहको
परीक्षा उत्तीर्ण गरी वा व्यवस्थापनमा
कम्तीमा स्नातकोत्तर उपाधि हासिल
गरी कम्तीमा 'ख' - श्रेणीको
लेखापरीक्षकको प्रमाणपत्र प्राप्त गरी
लेखापरीक्षणमा कम्तीमा तीन वर्षको
अनुभवप्राप्त व्यक्ति -सदस्य
(२) उपदफा (१) को खण्ड (क) बमोजिम अध्यक्ष पदमा नियुक्ति गर्नु अघि न्याय सेवा आयोगको परामर्श लिनु पर्नेछ ।
(३) कर्जा असुली न्यायाधिकरणको अध्यक्ष तथा सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ र उनीहरू थप एक कार्यकालका लागि पुन नियुक्त हुन सक्नेछन् ।