नियम ३७
कर्जा सुचना केन्द्र
: (१) मन्त्रालयले कर्जा सूचना केन्द्र स्थापना गर्दा विशिष्टिकृत सहकारी सङ्घको ढाँचामा गर्नु पर्नेछ ।

(२) कर्जा सूचना केन्द्रको स्थापनाको आधार, सदस्यता, पुँजी संरचना, साङ्गठनिक ढाँचा लगायतका व्यवस्थाहरू मन्त्रालयले स्वीकृत गरेबमोजिम हुनेछ ।

(३) कर्जा सूचना केन्द्रमा बचत तथा त्रष्ठणको मुख्य कारोबार गर्ने संस्थाका साथै बचत तथा क्रणसमेतको कारोबार गर्ने बहुउद्देश्यीय वा अन्य विषयगत संस्था सदस्य बन्न सक्नेछन्‌ ।

(४) कर्जा सूचना केन्द्रमा मन्त्रालय, नेपाल बचत तथा क्रृण केन्द्रीय सहकारी सङ्घ, नेपाल बहु उद्देश्यीय केन्द्रीय सहकारी सङ्घ, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासङ्घ तथा नेपाल सरकारका अन्य निकायहरूको समेत शेयर सहभागिता रहन सक्नेछ ।

(५) कर्जा सूचना केन्द्र स्थापनाका लागि न्युनतम चुक्ता शेयर पूँजी पाँच करोड रुपैयाँ हुनेछ र सोको कम्तीमा साठी प्रतिशत रकम संस्थाहरूले जम्मा गरेको हुनु पर्नेछ ।

(६) कर्जा सूचना केन्द्रको सञ्चालनका लागि देहायबमोजिमको एक सञ्चालक समिति रहनेछ :-

(क) साधारणसभाबाट निर्वाचित व्यक्ति - अध्यक्ष (ख) सहसचिव, मन्त्रालय -सदस्य (ग) सहसचिव, अर्थ मन्त्रालय -सदस्य (घ) रजिष्ट्रार, सहकारी विभाग -सदस्य (ङ) निर्देशक, नेपाल राष्ट्र बैङ्क -सदस्य (च) सदस्य-सचिव, राष्ट्रिय सहकारी विकास बोर्ड -सदस्य (छ) कार्यकारी -प्रमुख, राष्ट्रिय सहकारी महासङ्घ - सदस्य (ज) कार्यकारी प्रमुख, नेपाल बचत तथा करण

केन्द्रीय सहकारी सङ्घ -सदस्य (झ) कार्यकारी प्रमुख; नेपाल बहुउद्देश्यीय केन्द्रीय

सहकारी सङ्घ -सदस्य (ज) कार्यकारी प्रमुख, राष्ट्रिय सहकारी बैङ्क -सदस्य (ट) कार्यकारी प्रमुख, नेपाल कृषि सहकारी

केन्द्रीय सङ्घ -सदस्य (र) साधारण सभाबाट निर्वाचित कम्तीमा एक जना महिला सहित तीन जना "सदस्य (ड) कार्यकारी प्रमुख, सहकारी कर्जा सूचना केन्द्र -सदस्य-सचिव (७) उपनियम (६) को खण्ड (क) र (ठ) बमोजिम निर्वाचित पदाधिकारीको पदावधि चार वर्ष हुनेछ र निज पुन एक पटकको लागि निर्वाचित हुन सक्नेछ । (८) कर्जा सूचना केन्द्रको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ: :-

(क) सदस्य संस्थाहरूबाट क्रषणी सदस्यहरूको कर्जाको विवरण प्राप्त गर्ने,

(ख) _ खण्ड (क) बमोजिम प्राप्त विवरणहरूको विश्लेषण तथा वर्गीकरण गर्ने,

(ग) प्राप्त सूचना तथा विवरणहरूको संरक्षण एवं गोपनीयता कायम हुने व्यवस्था मिलाउने,

(घ) सदस्य संस्थाहरूलाई कर्जा प्रवाहका सिलसिलामा सदस्य संस्थाहरूको मागका आधारमा सम्बन्धित व्यक्तिको कर्जा सूचना उपलब्ध गराउने,

(ङ) सूचना सङ्कलन, संरक्षण तथा सम्प्रेषणका लागि उच्चकोटीको प्रविधि उपयोग गर्नुका साथै सुरक्षातमतक उपायहरू अवलम्बन गर्ने,

(च) केन्द्रको विनियममा उल्लिखित अन्य कार्यहरू गर्ने ।

(९) कर्जा सूचना केन्द्रको विनियम स्वीकृत गर्दा रजिष्टारले नेपाल राष्ट्र बैङ्कको-परामर्श लिनु पर्नेछ ।

(१०) कर्जा सूचना केन्द्रबाट प्रवाह हुने सेवाबापत लिने शुल्क संरचना साधारण सभाबाट पारित कार्यविधिमा उल्लेख भए बमोजिम हुनेछ ।

(११) कर्जा सूचना केन्द्रको कार्यसञ्चालन ऐन, यस नियमावली र विनियमको अधीनमा रही साधारण सभाबाट स्वीकृत भएको कार्यविधि बमोजिम हुनेछ ।

(१२) उपनियम (४) बमोजिम कर्जा सूचना केन्द्रको शेयर खरिद गर्ने निकायहरूले साधारण सभामा प्रतिनिधि पठाउँदा एक जनाका दरले पठाउनु पर्नेछ ।