दफा १३
कर्मचारी माग गरी काम लगाउन सक्ने
: (१) विपद्को समयमा प्राधिकरणको विशेष कामको लागि निजामती सेवा, सुरक्षा निकाय वा सार्वजनिक संस्थाबाट कुनै कर्मचारी माग गरी काम लगाउन आवश्यक भएमा प्राधिकरणले सम्बन्धित संस्था वा निकायमा लेखी पठाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम लेखी आएमा सम्बन्धित संस्था वा निकायले माग बमोजिम कर्मचारीलाई प्राधिकरणमा काजमा खटाउनु पर्नेछ ।