दफा १७
कर्मचारी सम्बन्धी व्यवस्था
(१) परिषद्को कार्यसञ्चालन गर्न परिषद्ले स्वीकृत गरे बमोजिमको संगठन संरचना र कर्मचारीको दरवन्दी अनुसारका कर्मचारीहरु रहनेछन् ।
(२) परिषद्का कर्मचारीको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका शर्तहरु तोकिए बमोजिम हुनेछन् ।
(३) उपदफा (२) बमोजिमका कर्मचारी नियुक्त नभएसम्मको लागि परिषद्को अनुरोधमा मन्त्रालयले नेपाल सरकारको कुनै कर्मचारीलाई परिषद्मा काम गर्ने गरी खटाउन सक्नेछ ।