दफा
समितिकोगठन
(१) परिषद्को कार्यकारी निकायको रुपमा काम गर्न एक कार्यकारी समिति रहनेछ ।
(२) समितिको गठन देहाय बमोजिम हुनेछ ः-
(क) उपाध्यक्ष –अध्यक्ष
(ख) मन्त्रालयले तोकेको सो मन्त्रालयको युवा कार्यक्रम हेर्ने सहसचिव –सदस्य
(ग) परिषद्का सदस्यहरु मध्येबाट कम्तीमा दुईजना महिला रहने गरी परिषद्ले मनोनीत गरेका चारजना –सदस्य
(घ) परिषद्को वरिष्ठतम कर्मचारी –सदस्य सचिव
(३) उपदफा (२) को खण्ड (ग) बमोजिमका सदस्यको पदावधि परिषद्को सदस्य कायम रहेसम्मको अवधिका लागि हुनेछ ।