दफा ३१
कर्मचारी सम्बन्धी व्यवस्था
: (१) आयोगको कार्य सञ्चालनको लागि आयोगमा नेपाल सरकारले स्वीकृत गरेको सङ्ख्यामा कर्मचारीहरू रहनेछन्।
(२) आयोगले विनियमावलीमा भएको व्यवस्था बमोजिम कर्मचारी नियुक्ति गर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले आफ्नो कार्य सम्पादन गर्नको लागि आवश्यक विशेषज्ञ कर्मचारी करारमा नियुक्त गर्न सक्नेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आयोगमा कर्मचारी नियुक्ति नभएसम्मको लागि मन्त्रालयले नेपाल सरकारका कुनै कर्मचारीलाई आयोगमा काम गर्नको लागि अवधि तोकी काजमा खटाउन सक्नेछ ।