दफा
कर्मचारी सम्बन्धी व्यवस्था

८. कर्मचारी सम्बन्धी व्यवस्था

(१) समितिले आवश्यक संख्यामा कर्मचारीहरू नियुक्ति गर्न सक्नेछ ।
(२) समितिमा कर्मचारी नियुक्त नभएसम्म मन्त्रालयले नेपाल स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई समितिको काम गर्ने गरी काजमा खटाउन सक्नेछ ।
(३) समितिमा काजमा खटिएका कर्मचारीको सेवा, शर्त र सुविधा सम्बन्धी व्यवस्था निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम हुनेछ ।
(४) समितिबाट नियुक्त कर्मचारीको पारिश्रमिक, सुविधा तथा सेवाका शर्त सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(५) समितिका कर्मचारीको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।