नियम १९
कर्मचारीको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका शर्तहरु
(१) कोषमा आवश्यक सङ्ख्यामा विभिन्न तहका अधिकृत तथा अन्य दर्जाका कर्मचारीहरू रहनेछन्‌ ।

(२) कोषमा रहनै कर्मचारीको सङ्गठन संरचना, कर्मचारीको छनौट, नियुक्ति, पारिश्रमिक तथा सेवा शर्तसम्बन्धी व्यवस्था कोषको कर्मचारी प्रशासनसम्बन्धी विनियमावलीमा उल्लेख भए बमोजिम हुनेछ ।