नियम
कर्मचारीको व्यक्तिगत खातामा रकम जम्मा गर्नु पर्ने
(१) नियम ७ बमोजिम कार्यालयबाट प्राप योगदान रकम तथा कर्मचारीको विवरणको आधारमा कोषले त्यस्तो रकम सम्बन्धित कर्मचारीको व्यक्तिगत खातामा यथाशीघ्र प्रविष्ट गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम कर्मचारीको व्यक्तिगत खातामा जम्मा भएको रकममा कोषले निर्धारण गरे बमोजिम ब्याज तथा मुनाफा समेत जम्मा गरिदिनु पर्नेछ।

(३) उपनियम (२) को प्रयोजनको लागि कोषले ऐनको दफा १४ को उपदफा (१) बमोजिम कर्मचारीले पाउने ब्याज र मुनाफाको छुट्टाछुट्टै हिसाब राख्नु पर्नेछ ।