नियम १३५
कर्मचारीलाई सूचना दिने कार्यविधि
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐन र यस नियमावली बमोजिम कर्मचारीलाई दिनु पर्ने सूचना निजको पदस्थापन भएको महाशाखा, समिति वा शाखा वा निजले पेश गरेको स्थायी ठेगाना र अध्ययन बिदामा रहेको कर्मचारीको हकमा निज अध्ययनरत रहेको विश्वबिदालयको ठेगानामा रजिष्ट्री गरी हुलाक मार्फत वा टेलेक्स वा टेलिफ्याक्स वा अभिलेख हुन सक्ने अन्य इलेक्ट्रोनिक माध्यमबाट दिन सकिनेछ । यसरी सूचना दिइएकोमा सम्बन्धित कर्मचारीले सूचना प्राप्त गरेको मानिनेछ ।
(२) कर्मचारीले शुरुमा पेश गरेको ठेगाना परिवर्तन भएमा परिवर्तन भएक  मितिले १५ दिन भित्र सचिवालयलाई सो को जानकारी दिनु पर्नेछ ।