दफा १३
कल्याणकारी कोष
 (१) दफा ५ बमोजिम बोनस वापत छुट्याइएको रकम मध्येबाट बोनस वितरण गरेपछि बाँकी रहन आएको रकममध्ये सत्तरी प्रतिशत रकम “प्रचलित कानून बमोजिम स्थापना भएको कल्याणकारी कोषमा” दफा ३७ बमोजिम खडा गरेको कल्याणकारी कोषमा र बाँकी तीस प्रतिशत प्रतिष्ठानको कर्मचारी हक हीतको लागि व्यवस्था गर्न नेपाल सरकारले खडा गरेको राष्ट्रिय स्तरको कल्याणकारी कोषमा जम्मा गरिनेछ ।
(१क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानले दफा ५ बमोजिम बोनस बापत छुट्याएको रकम मध्येबाट बोनस वितरण गरेपछि बाँकी रहन आएको रकम मध्ये बीस प्रतिशत रकम “प्रचलित कानून बमोजिम स्थापना भएको कल्याणकारी कोषमा” को दफा ३७ बमोजिम खडा गरेको कल्याणकारी कोषमा र बाँकी असी प्रतिशत रकम प्रतिष्ठानको हकहितको लागि व्यवस्था गर्न नेपाल सरकारले खडा गरेको राष्ट्रियस्तरको कल्याणकारी कोषमा जम्मा गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको कल्याणकारी कोषहरूको संचालन कर्मचारीको सहभागिता रहने गरी तोकिएबमोजिम हुनेछ ।