दफा ४१
कसुर र सजाय
(१) कसैले देहायको कार्य गरेमा यस ऐन अन्तर्गतको कसुर गरेको मानिनेछः-
(क) राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धी अभिलेख तथा तथ्याङ्क भण्डारमा रहेको कुनै विवरण वा सूचनालाई नष्ट गर्ने, क्षति पुच्याउने, मेटाउने, हेरफेर गर्ने, काम नलाग्ने बनाउने, अनधिकृत व्यक्तिलाई दिने, गलत सूचना निर्माण गर्ने, तथ्याङ्क भण्डारको विवरण वा सूचना चोरी गर्ने वा नष्ट गर्ने उद्देश्यले तथ्याङ्क भण्डार, कम्प्यूटर प्रणाली वा नेटवर्क संरचना लगायतका भौतिक पूर्वाधार, विद्युतीय तथ्याङ्क वा तथ्याङ्क प्रणालीमा क्षति पुच्याउने,
(ख) तथ्याङ्क भण्डार, सञ्चार नेटवर्क वा परिचयपत्र छपाइमा प्रयोग भएको कुनै कम्प्यूटर कार्यक्रम, कम्प्यूटर सफ्टवेयर, कम्प्यूटर प्रणाली वा नेटवर्कका लागि प्रयोग हुने कम्प्यूटर स्रोत सङ्केत (सोर्सकोड) चोरी गर्ने, क्षति पुन्याउने, नष्ट गर्ने वा अनधिकृत रुपमा परिवर्तन गर्ने,
(ग) परिचयपत्र तथा व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र प्राप्तिको लागि झुट्टा विवरण पेश गर्ने वा त्यसको लागि गलत वा झुट्टा कागजात तयार गर्ने,
(घ) परिचयपत्र तथा व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रको नक्कल वा किर्ते गर्ने,
(ङ) यो ऐन वा प्रचलित कानून बमोजिम बाहेक तथ्याङ्क भण्डार, परिचयपत्र तथा सम्बद्ध अभिलेखमा रहेको विवरणहरुको गोपनीयता भङ्ग गर्ने,
(च) झुट्टा विवरण हो भन्ने स्पष्ट आधार हुँदाहुँदै परिचयपत्र तथा व्यक्तिगत घटना दर्ता प्रमाणपत्र दिने वा दिन लगाउने,
(छ) राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धी विवरण सङ्कलन, प्रशोधन वा भण्डारण सम्बन्धी काम वा सेवा प्रवाह वा सो सम्बन्धी कार्यमा बाधा अवरोध पुच्याउने,
(ज) परिचयपत्र तथा व्यक्तिगत घटना दर्ता प्रमाणपत्रमा भएको विवरण आफूखुशी थपघट गर्ने, केरमेट गर्ने वा सच्याउने,
(झ) झुट्टा विवरण दिई दफा ४७ बमोजिमको परिचयपत्र लिएमा वा त्यस्तो परिचयपत्रको विवरण आफूखुशी थपघट गरेमा, केरमेट गरेमा वा सच्याएमा,
(ज) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम प्रतिकूलको अन्य कुनै कार्य गर्ने।
(२) उपदफा (१) को खण्ड (क) वा (ख) बमोजिमको कसुर गर्ने व्यक्तिलाई क्षति पुगेको बिगो र बिगो बमोजिमको जरिबाना असूल उपर गरी पाँच वर्ष देखि दश वर्षसम्म कैद र पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिबाना हुनेछ।
(३) उपदफा (१) को खण्ड (ग), (ङ) वा (च) बमोजिमको कसुर गर्ने व्यक्तिलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद र बीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
(४) उपदफा (१) को खण्ड (घ) बमोजिमको कसुर गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम जालसाजी वा किर्ते गरे बापत हुने सजायमा थप पच्चीस प्रतिशत सजाय हुनेछ।
(५) उपदफा (१) को खण्ड (छ), (ज), (झ) वा (ज) बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि छ महिनासम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
(६) उपदफा (१) बमोजिमको कुनै कसुर गर्न सघाउने वा अन्य कुनै व्यहोराले मतियार भई कार्य गर्ने व्यक्तिलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ।