दफा ५६
कसुर रोक्न आवश्यक कारबाही गर्ने
कसैले यो ऐन बमोजिम सजाय हुने कसुर गर्न लागेको छ भन्ने शङ्का लागेमा वा कसुर गर्दैका अवस्थामा फेला पारेमा वन सम्बन्धी काम गर्ने कर्मचारी वा सुरक्षाकर्मीले त्यस्तो कसुर हुन नपाउने प्रबन्ध गर्नु पर्नेछ र सो कामका लागि आवश्यक बल प्रयोग गर्न सक्नेछ।