दफा २७
कसूर तथा दण्ड सजाय
-(१) दफा ११ बमोजिम परिषद्मा नाम दर्ता नगराई पशु चिकित्सा
व्यवसाय गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम कसूर गर्ने व्यक्तिलाई तीन हजार रुपैयाँसम्म जरिवाना वा
तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
(३) उपदफा (२) मा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको
नियमावलीको विपरीत हुने गरी कुनै काम गर्ने व्यक्तिलाई दुई हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।