दफा
परिभाषा
:– विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “परिषद्” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल पशु चिकित्सा परिषद्
सम्झनु पर्छ ।
(ख) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ ।
(ग) “सदस्य” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले परिषद्को अध्यक्ष र
उपाध्यक्ष समेतलाई जनाउँछ ।
(घ) “दर्ता किताब” भन्नाले यस ऐन बमोजिम पशु चिकित्सकहरुको नाम दर्ता गर्ने
किताब सम्झनु पर्छ ।
(ङ) “दर्तावाल पशु चिकित्सक” भन्नाले दर्ता किताबमा नाम दर्ता भएको पशु
चिकित्सक सम्झनु पर्छ ।
(च) “पशु चिकित्सक” भन्नाले परिषद्बाट मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु
चिकित्सा विषयमा कम्तीमा स्नातकोपाधि प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ ।
(छ) “रजिष्ट्रार” भन्नाले दफा १९ बमोजिम नियुक्त रजिष्ट्रार सम्झनु पर्छ ।
(ज) “पशु औषधि” भन्नाले पशुको रोगको निदान, उपचार वा नियन्त्रण गर्ने काममा
प्रयोग हुने जुनसुकै पदार्थ, हार्मोन वा जैविक पदार्थ सम्झनु पर्छ र सो शब्दले
पशु दानामा प्रयोग गरिने प्रोटिन, लवण वा भिटामिन समेतलाई जनाउँछ ।
(झ) “पशु” भन्नाले जनावर, पंक्षी र माछा समेत सम्झनु पर्छ ।
(ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा
तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।