नियम ३
कसूरको सूचना
ः
(१) ऐनको दफा ७ बमोजिमको कसूर भएको वा भईरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने व्यक्तिले त्यस्तो कसूरको सम्बन्धमा आफूसँग भएको वा आफूले थाहा पाएको वा आफूले देखे जानेसम्मको कुनै सबूद प्रमाण भए सो समेतको व्यहोरा खुलाई यथाशीघ्र सो कुराको लिखित सूचना अनुसूची–१ बमोजिमको ढाँचामा नजिकको वितरक समक्ष दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कसूरको सूचना दिने व्यक्तिले संभव भएसम्म देहायका कुराहरू खुलाउनु पर्नेछ ः–
(क) कसूर भएको वा भैरहेको वा हुन लागेको मिति, समय र स्थान,
(ख) कसूर गर्ने व्यक्तिको नाम, ठेगाना र हुलिया,
(ग) कसूरको तरिका र कसूरसँग सम्बन्धित मालवस्तु, उपकरण तथा अन्य विवरण ।
(३) उपनियम (१) बमोजिम प्राप्त कसूरको सूचना कसैले मौखिक रूपमा दिएकोमा वितरकले सूचना दिने व्यक्तिले भनेका कुराहरू र उपनियम (२) बमोजिमका कुरा समेत खुलाई अनुसूची–१ बमोजिमको ढाँचामा अभिलेख राख्नु पर्नेछ ।
(४) उपनियम (१) बमोजिमको सूचना टेलिफोन, फ्याक्स तथा इमेलबाट पनि दिन सकिनेछ । त्यसरी प्राप्त भएको सूचनालाई वितरकले अनुसूची–१ बमोजिमको ढाँचामा अभिलेख राखी आवश्यक कारबाही गर्नु पर्नेछ ।
(५) वितरकको तर्फबाट ग्राहक वा उपभोक्ताको घर, भवन वा स्थानमा निरीक्षण गर्दा कसूर भएको वा भईरहेको फेला परेको भनी सम्बन्धित निरीक्षकले प्रतिवेदन पेश गरेमा उक्त प्रतिवेदनमा उल्लिखित कुरालाई समेत कसूरको सूचनाको रूपमा लिई अनुसूची–१ बमोजिमको ढाँचामा अभिलेख राख्नु पर्नेछ ।
(६) उपनियम (१), (३), (४) र (५) बमोजिम प्राप्त हुन आएको कसूरको सूचनालाई वितरकले अनुसूची–२ बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गर्नु पर्नेछ । तर प्राप्त सूचना वितरक वा अनुसन्धान अधिकारीको क्षेत्रभन्दा बाहिरको रहेछ भने सम्बन्धित वितरक वा अनुसन्धान अधिकारीकहाँ पठाइदिनु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम कसूरको सूचना दर्ता गरेपछि सूचना दिने व्यक्तिलाई अनुसूची–३ बमोजिमको ढाँचामा भरपाई दिनु पर्नेछ ।
(८) यस नियम बमोजिम कसूरको सूचना दिने व्यक्तिको नाम, ठेगाना र निजले दिएको कसूरको सूचनाको व्यहोरा गोप्य रहनेछ ।