नियम १५
पुनरावलोकन
(१) अनुसन्धान अधिकारीले गरेको निर्णयमा चित्त नबुझ्ने व्यक्ति वा संस्थाले निर्णयको सूचना पाएको मितिले पैंतीस दिनभित्र पुनरावलोकनको लागि सम्बन्धित वितरक समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम पुनरावलोकनको लागि निवेदन दिंदा सोझै वितरक समक्ष वा जुन अनुसन्धान अधिकारीको आदेश विरुद्ध पुनरावलोकनको लागि निवेदन दिने हो सोही अधिकारी मार्फत वितरक समक्ष पुनरावलोकनको निवेदन दिन सक्नेछ ।
(३) अनुसन्धान अधिकारीले गरेको निर्णय उपर पुनरावलोकनको लागि निवेदन दिँदा अनुसूची–९ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।
(४) पुनरावलोकनको निवदेनसाथ देहाय बमोजिमका कागजात संलग्न गरिएको हुनु पर्नेछ ।
(क) नियम ५ वा नियम १४ बमोजिम अनुसन्धान अधिकारीले दिएको सूचनाका प्रमाणित प्रति,
(ख) आफ्नो भनाई पुष्टी गर्नको निमित्त सबूद प्रमाण,
(ग) कारबाही, मूल्याङ्कन र सजायको आदेश बमोजिम तिर्नु बुझाउनु पर्ने रकम तिरे बुझाएको भए त्यसको रसीद वा निस्सा ।
(५) उपनियम (२) बमोजिम अनुसन्धान अधिकारी मार्फत दिन ल्याएको पुनरावेदन सम्बन्धित अधिकारीले सात दिनभित्र वितरक समक्ष पठाई दिनु पर्नेछ ।
(६) पुनरावलोकनको लागि दिएको निवेदन रितपूर्वकको नभएमा वितरकले त्यस्तो निवेदन अस्वीकार भएको जानकारी सम्बन्धित व्यक्ति वा संस्थालाई दिनु पर्नेछ ।