दफा ८
कसूरदार ठहर भएपछि सजाय निर्धारण गर्नु पर्ने
(१) कुनै व्यक्ति कुनै कसूरका सम्बन्धमा अदालतबाट कानून बमोजिम कसूरदार ठहर भइसकेपछि मात्र अदालतले त्यस्तो व्यक्तिलाई त्यस्तो कसूरको सम्बन्धमा सजाय निर्धारण गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सजाय निर्धारण गर्दा कसूरदार ठहरिएको तीस दिनभित्र निर्धारण गरिसक्नु पर्नेछ । “तर देहायको कसूर ठहर गर्दकै बखत कसूरदारलाई सजाय निर्धारण गर्नु पर्नेछः
(क) प्रचलित कानूनमा नै कैद वा जरिवानाको निश्चित अंक किटान गरिएको कसूर,
(ख) तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना हुने कसूर,
(ग) फौजदारी कार्यविधि संहिताको दफा १४५ को उपदफा (१क) बमोजिम घटी सजायको राय प्रस्ताव गरिएको जन्मकैद ठहर हुने कसूर ।