नियम ३५
कागजात सुरक्षित राख्ने
  (१) मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था वा स्थानीय निकायले नियम ३३ बमोजिम प्राप्त भएको मेलमिलापको कागज, प्रतिवेदन तथा अन्य कागजात आफ्नो कार्यालयमा सुरक्षित साथ राख्नु पर्नेछ ।
(२) मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थाले मेलमिलापद्वारा विवाद समाधान गरिएको
परिणाम लिखित रुपमा सम्बन्धित स्थानीय निकायमा अभिलेख गर्नु पर्नेछ ।
(३) मेलमिलाप सम्बन्धी काम गर्ने संस्था वा स्थानीय निकायले मेलमिलापको कागज र मेलमिलापको प्रतिवेदन बाहेक सोसँग सम्बन्धित अन्य कागजात मेलमिलापकर्ताबाट प्रतिवेदन प्राप्त भएको मितिले साठी दिन पछि धुल्याउन सक्नेछ ।