नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “अदालत” भन्नाले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत सम्झनु पर्छ।
(ख) “ऐन” भन्नाले मेलमिलाप सम्बन्धी ऐन, २०६८ सम्झनु पर्छ ।
(ग) “मेलमिलाप अनुगमन समिति” भन्नाले नियम ५१ बमोजिमको मेलमिलाप अनुगमन समिति सम्झनु पर्छ ।
(घ) “मेलमिलापकर्ताको सूची” भन्नाले नियम ६ बमोजिमको मेलमिलापकर्ताको सूची सम्झनु पर्छ ।
(ङ) “मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था” भन्नाले मेलमिलाप सम्बन्धी कार्य गर्न नियम ४८ बमोजिम परिषद्बाट स्वीकृति प्राप्त संस्था सम्झनु पर्छ ।
(च) “समुदाय” भन्नाले ऐनको दफा ३३ बमोजिम समुदायमा आधारित मेलमिलाप सम्बन्धी संयन्त्रद्वारा विवादको समाधान गर्न स्थानीय व्यक्तिहरुको भेलाले गठन गरेको समुदाय सम्झनु पर्छ ।