नियम १६
काठ दाउरा सङ्कलन गर्ने तथा निकाल्ने म्याद
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका जिल्लाहरुको वन क्षेत्रमा कार्तिक देखि जेष्ठ मसान्तसम्म र अन्य जिल्लाहरुको वन क्षेत्रमा जिल्ला वन अधिकृतले जिल्ला विकास समितिस“ग परामर्श गरी बढीमा आठ महिनासम्मको लागि काठ दाउरा सङ्कलन गरी वन क्षेत्रबाट बाहिर निकाल्ने म्याद निर्धारण गर्नेछ र त्यसरी निर्धारित म्यादभित्र काठ दाउरा सङ्कलन गरी वन क्षेत्रबाट बाहिर निकाली सक्नु पर्नेछ । तर दैवी प्रकोपमा परेका व्यक्तिहरुलाई जुनसुकै समयमा काठको बिक्री वितरण गर्नको लागि वन क्षेत्रबाट काठ सङ्कलन गरी बाहिर निकाल्न यस नियमले बाधा पुरयाएको मानिने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सोही उपनियममा तोकिएको अवधिभित्र वन क्षेत्रबाट काठ दाउरा सङ्कलन गरी निकाल्न नसक्ने उचित र पर्याप्त कारण परेमा जिल्ला वन अधिकृतले बढीमा दुई महिनाको लागि काठ दाउरा बाहिर निकाल्ने म्याद थप गर्न सक्नेछ।