नियम
काठ दाउराको बिक्री वितरण सम्बन्धी व्यवस्था
(१) नेपाल सरकारले सर्वसाधारण जनताको हितलाई ध्यानमा राखी उपनियम (२) वमोजिम काठ, दाउरा बिक्री वितरण गर्न नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिदिएको जिल्लामा देहाय बमोजिमका अध्यक्ष तथा सदस्य रहेको एक जिल्ला वन पैदावार आपूर्ति समिति गठन गर्न सक्नेछ –
(क) जिल्ला वन अधिकृत –अध्यक्ष
(ख) सहायक प्रमुख जिल्ला अधिकारी –सदस्य
(ग) कोष तथा लेखा नियन्त्रक –सदस्य
(घ) जिल्ला विकास समितिले तोकेको सो
समितिको एकजना सदस्य –सदस्य
(ङ) समाजसेवी तथा लब्ध प्रतिष्ठित व्यक्तिहरु मध्येबाट
मन्त्रालयबाट मनोनित दुई जना –सदस्य
(च) सहायक वन अधिकृत –सदस्य सचिव
(१क) उपनियम (१) को खण्ड (ङ) बमोजिम मनोनित सदस्यको पदावधि दुई बर्षको हुनेछ ।(२) उपनियम (१) बमोजिमको समिति गठन भएका जिल्लाहरुमा सो समितिले अधिकार प्राप्त अधिकारीबाट नियम ८ बमोजिम इजाजतपत्र लिई देहायको प्रयोजनको लागि काठ दाउराको बिक्री
वितरणको व्यवस्था गर्नेछ –
(क) ग्रामीण जनताको घरकाजको लागि,
पहिलो संशोधनद्वारा संशोधन ।
पहिलो संशोधनद्वारा थप ।
(ख) जन सहभागिताद्वारा गरिने साना लागतको विकास निर्माण कार्यको लागि,
(ग) दैवी प्रकोप उद्धार तथा कृषि औजारको लागि ।
(३) उपनियम (१) बमोजिम गठित समितिले यस नियमावलीमा उल्लेखित कुराहरुका अतिरिक्त नेपाल सरकारले समय समयमा दिएका निर्देशनहरुको पालना गर्नु पर्नेछ ।
(४) कार्ययोजना बमोजिम बिक्री वितरण गर्न तोकिएको परिमाणको अधिनमा रही अधिकार प्राप्त अधिकारीले उपनियम (१) बमोजिमको समिति गठन भएका जिल्लाहरुमा त्यस्तो समितिलाई बिक्री वितरणको लागि एकमुष्ट वा लट– लट गरी काठ दाउरा उपलब्ध गराउन सक्नेछ र त्यसरी उपलव्ध भएको काठ दाउरा समितिले नियम ८ बमोजिमको इजाजतपत्र लिई टाँचा लगाई आफ्नै खर्चमा कटान, चिरान र ढुवानी गर्नु पर्नेछ ।
(५) कार्य योजना बमोजिम काठ दाउरा प्राप्त नहुने जिल्लाको हकमा नेपाल सरकारले अन्य काठ दाउरा उपलब्ध हुन सक्ने जिल्लाबाट काठ दाउरा उपलब्ध गराई बिक्री वितरणको व्यवस्था मिलाउन सक्नेछ ।
(६) उपनियम (२) को प्रयोजनका लागि बिक्री वितरण गरिएको काठ दाउरा अन्य प्रयोजनको लागि प्रयोग गर्न तथा जिल्ला बाहिर ओसार–पसार गर्न पाईने छैन ।
(७) अधिकार प्राप्त अधिकारीले बिक्री वितरण गरिसकेको काठ दाउरा समयमै उठाई नलगेको वा बिक्री वितरण गरी बाँकी रहेका दाउरा काठ अधिकार प्राप्त अधिकारीले अनुसूची–२ मा तोकिएको मूल्यमा नघटाई प्रचलित बजार मूल्य समेतलाई आधार मानी बोलकबोल प्रथाद्वारा बिक्री वितरण गर्नसक्नेछ ।
(८) काठ दाउरा बिक्री वितरण परिमाण तथा कार्यविधि कार्य योजनाले तोकिदिए बमोजिम हुनेछ ।तर कार्य योजना तयार नभएको अवस्थामा नेपाल सरकारले निर्धारण गरी तोकिदिए बमोजिमहुनेछ ।
(९) अधिकार प्राप्त अधिकारीले काठ दाउराको बिक्री वितरण गर्दा अनुसूची–२ बमोजिमको मूल्य लिई बिक्री वितरण गर्नु पर्नेछ ।
तर जिल्ला वन पैदावार आपूर्ति समितिलाई अधिकार प्राप्त अधिकारीले काठ दाउरा उपलब्ध
गराउँदा समितिले काठ दाउरा बिक्री वितरण गरिसकेपछि मात्र मूल्य बुझाउँने गरी उपलब्ध गराउन
यस नियमले बाधा पु¥याएको मानिने छैन ।