अनुसूची
काठ दाउराको मूल्य दर

(नियम ९, १०, १८, २५, ४६, ४८ र ५३ सँग सम्बन्धित)
काठ दाउराको मूल्य दर

    

         

द्रष्टव्य ः
(१) कृषि औजार (हलो, जुवा, हेगा, हरिस) र दैवी प्रकोपमा परेका परिवारलाई दिइने काठमा माथि
उल्लिखित मूल्यको १० प्रतिशत मात्र मूल्य लिइनेछ ।
(२) खडा रुख र ठुटाबाट काठ दाउरा मूल्याङ्कन गर्दा स्तर निर्धारण भएको प्रजातिको काठको हकमा “बी”
स्तरको मूल्य, स्तर निर्धारण नभएको प्रजातिको काठका हकमा उल्लेख भए बमोजिमको मूल्य र
दाउराको हकमा व्यापारिक प्रयोजनको लागि निर्धारित मूल्यको आधारमा मूल्याङ्कन गरिनेछ ।
(३) प्राकृतिक रुपमा आएको सिसौलाई जङ्गली सिसौ मानिनेछ र जङ्गली वा वृक्षारोपणको सिसौ नछुटिने
अवस्था परेमा जङ्गली सिसौको लागि निर्धारित मूल्यको आधारमा मूल्याङ्कन र विगो कायम गरिनेछ ।
(४) गोलिया काठ र बल्लाबल्लीको मूल्य निर्धारण गर्ने प्रयोजनको लागि स्तर (ग्रेड) निर्धारण गर्दा देहाय
बमोजिमको मापदण्डको आधारमा गरिनेछ ः–
(क) गोलियका काठ ः दोषको मात्रा घटी बढी भई उत्पादन हुन सक्ने परिमाणमा फरक पर्ने
देखिएमा उत्पादन हुन सक्ने चिरान प्रतिशतलाई आधार मानी ग्रेड कायम गर्नु पर्नेछ ।
उदाहरणको लागि ७ फिट लम्बाइ र ६ फिट भन्दा बढी गोलाई भएको काठमा दोषको मात्रा
बढी भई ६५ प्रतिशत भन्दा घटी चिरान काठ उत्पादन हुने भएमा “बी” ग्रेड कायम गर्न
सकिनेछ । ५ फिट लम्बाइ र ५ फिट भन्दा बढी गोलाइ भएको काठमा दोषको मात्रा कमई
६५ प्रतिशत र सो भन्दा बढी चिरान काठ उत्पादन हुन सक्ने भए “ए” ग्रेड कायम गर्नु
पर्नेछ । काठको गोलाई र चिरान प्रतिशत नै ग्रेडिङको मूल आधार हुनेछ ।
(१) साल ः
(क) “ए” ग्रेड ः लम्बाइ ७ फिट भन्दा बढी, गोलाइ ६ फिट भन्दा बढी, किरा
लागेको भए बढीमा २ प्वालसम्म र ६५ प्रतिशत र सो भन्दा बढी चिरान
काठ उत्पादन हुन सक्ने ।
(ख) “बी” ग्रेड ः लम्बाई ४ फिट भन्दा बढी, गोलाइ ४ फिटदेखि ६ फिटसम्म,
किरा लागेका भए ५ प्वालसम्म, चिरिएको र चर्केको, गाँठो भएको र बोक्रा
भित्र पसेको, धोद भएको र ४० प्रतिशत भन्दा बढी ६५ प्रतिशत भन्दा कम
चिरान काठ उत्पादन हुन सक्ने ।
(ग) “सी” ग्रेड ः लम्बाई २.५ फिटभन्दा बढी, गोलाइ २.५ फिटभन्दा बढी,
चिरिएको, चर्केको, गाँठो भएको, बोक्राभित्र पसेको, धोद भएको, पसाङ्गिएको
किरा लागेको भए ५ प्वालभन्दा बढी भएको, मक्किएको र सडेको र रिङ्ग
भएको र ४० प्रतिशत भन्दा कम चिरान काठ उत्पादन हुन सक्ने ।
(२) अस्ना, जामुन, कर्मा, टुनी, सिरिस र गम्हारी ः
(क) “ए” ग्रेड ः लम्बाइ ७ फिट भन्दा बढी, गोलाइ ६ फिट भन्दा बढी, किरा
लागेको भए बढीमा २ प्वालसम्म र ६५ प्रतिशत र सो भन्दा बढी चिरान
काठ उत्पादन हुन सक्ने ।
(ख) “बी” ग्रेड ः लम्बाई २.५ फिट भन्दा बढी, गोलाइ २.५ फिटदेखि ७
फिटसम्म, चिरिएको, चर्केको, गाँठो भएको, बोक्राभित्र पसेको, धोद भएको,
पसाङ्गिएको किरा लागेको भए २ प्वाल भन्दा बढी भएको, मक्किएको ÷
सडेको ÷ रिङ्ग भएको र ६५ प्रतिशत भन्दा कम चिरान काठ उत्पादन हुन
सक्ने ।
(३) जङ्गली सिसौ ः
(क) “ए” ग्रेड ः लम्बाइ ७ फिट भन्दा बढी, गोलाइ ६ फिट भन्दा बढी, किरा
लागेको भए बढीमा २ प्वालसम्म र ६५ प्रतिशत र सो भन्दा बढी चिरान
काठ उत्पादन हुन सक्ने ।
(ख) “बी” ग्रेड ः लम्बाई ६ फिट भन्दा बढी, गोलाइ ५ फिटदेखि ६ फिटसम्म,
किरा लागेका भए ५ प्वालसम्म, चिरिएको र चर्केको, गाँठो भएको र बोक्रा
भित्र पसेको, धोद भएको र ४० प्रतिशत भन्दा बढी ६५ प्रतिशत भन्दा कम
चिरान काठ उत्पादन हुन सक्ने ।
(ग) “सी” ग्रेड ः लम्बाई २.५ फिट भन्दा बढी, गोलाइ २.५ फिटदेखि ६
फिटसम्म, चिरिएको, चर्केको, गाँठो भएको, बोक्राभित्र पसेको, धोद भएको,
पसाङ्गिएको किरा लागेको भए ५ प्वाल भन्दा बढी भएको, मक्किएको ÷
सडेको / रिङ्ग भएको र ४० प्रतिशत भन्दा कम चिरान काठ उत्पादन हुन
सक्ने ।
(४) खोट सल्ला ः
(क) “ए” ग्रेड ः लम्बाइ ७ फिट भन्दा बढी, गोलाइ ५ फिट भन्दा बढी, किरा
लागेको भए बढीमा २ प्वालसम्म र ६५ प्रतिशत र सो भन्दा बढी चिरान
काठ उत्पादन हुन सक्ने ।
(ख) “बी” ग्रेड ः लम्बाई २.५ फिट भन्दा बढी, गोलाइ ५ फिट भन्दा कम,
चिरिएको, चर्केको, गाँठो भएको, बोक्राभित्र पसेको, धोद भएको, पसाङ्गिएको
किरा लागेको भए ५ प्वाल भन्दा बढी भएको, मक्किएको ÷ सडेको ÷ रिङ्ग
भएको र ६५ प्रतिशत भन्दा कम चिरान काठ उत्पादन हुन सक्ने ।
(ख) बल्लाबल्ली ः
(क) “ए” ग्रेड ः लम्बाइ ६ फिट भन्दा बढी, गोलाइ २ फिट देखि २ फिट ११ इन्चसम्म,
चिरिएको र फाटेको ।
(ख) “बी” ग्रेड ः लम्बाई ६ फिटभन्दा बढी, गोलाइ १ फिट ४ इन्च देखि १ फिट ११
इन्चसम्म, चिरिएको, फाटेको, बाङ्गो टिङ्गो भएको ।
(५) गोलिया तथा चिरान काठ र दाउराको मूल्य निर्धारण गर्ने प्रयोजनको लागि मापन गर्दा देहाय
बमोजिमको गर्नु पर्नेछ ः–
(क) गोलिया काठ ः
(अ) लम्बाइ ः
(१) लम्बाइ मापन गर्दा फेददेखि टुप्पो पट्टि घट्दै गएको गोलियाको लागि
गोलियाको बीच भागमा बोक्रा मुनि गोलाइ मापन गर्नु पर्नेछ ।
(२) फेद, टुप्पो पट्टि अथवा कहीँ बीच भागमा एउटै गोलाइ नभएको गोलियाको
लागि गोलियाको दुबै छेउमा गोलाइ नाप गरी त्यसको औसत नाप कायम
गर्नु पर्नेछ ।
(३) गोलियाको बीच भागमा कुनै ठूलो गाँठो अथवा खाल्दो छ भने त्यस भागलाई
छोडेर नजिकको दुई भागमा नाप गरी औसत नाप निकाल्नु पर्नेछ ।
(४) गोलिया असमान रुपले फैलिएको वा साँघुरो भएको छ भने ३ ठाउँमा (२ वटा
छेउमा र बीच भागमा) गोलाइ नापी औसत गोलाइ कायम गर्नु पर्नेछ ।
(५) लम्बाइ मापन गर्दा नजिकको फिटमा ८ इन्च माथि १ फिट, ४ इन्चदेखि ८
इन्चसम्म ०.५ फिट र ४ इन्च मुनि ० फिट मापन गर्नु पर्नेछ ।
(आ) गोलाइ ः गोलाइ मापन गर्दा नजिकको इन्चमा ४ लाइन भन्दा माथि १ इन्च र ४
लाइनसम्म ० इन्च मापन गर्नु पर्नेछ ।
(ख) चिरान काठ ः
(अ) लम्बाइ ः
(१) चिरान काठको लम्बाइ मापन गर्दा छड्के भागलाई कटाएर नजिकको
इन्चसम्म मापन गर्नु पर्नेछ ।
(२) चिरान काठको चौडाइ मापन गर्दा नजिकको इन्चसम्म मापन गर्नु पर्नेछ ।
(आ) चौडाइ र मोटाइ ः चिरान काठको चौडाइ र मोटाइ मापन गर्दा बाहिरी भागको
मक्किएको, सडेको भागलाई कटाएर नजिकको इन्चसम्म मापन गर्नु पर्नेछ ।
(ग) दाउरा ः दाउरा मापन चट्टामा देहाय बमोजिम हुनेछ ः
एक चट्टा (५०० घन फिट) = २० फिट × ५ फिट × ५ फिट
(६) धोदकट्टटी गर्दा देहाय बमोजिम गर्नु पर्नेछ ः
(क) गोलिया काठको एकापट्टिको छेउमा मात्र भएको धोद/रिङ्ग/सडेको भागको हकमा गोलिया
काठको लम्बाइसम्म रहेको धोदको लम्बाइ नाप गरी कायम गर्नु पर्नेछ । धोदको क्षेत्रफल
९ऋचयकक क्भअतष्यलब िब्चभब० निकाल्दा सबैभन्दा लामो साइड नापी क्षेत्रफल निकाल्नु पर्नेछ ।
धोदको आयतनको लागि धोदको लम्बाइ र क्षेत्रफल गुणन गरी निस्कने धोदको आयतनलाई
गोलियाको आयतनमा कट्टा गरी गोलियाको वास्तविक आयतन कायम गर्नु पर्नेछ ।
(ख) गोलियाको दुवै पट्टिका छेउमा भएको धोद कट्टि गर्दा पूरै गोलियाको लम्बाइ कायम गर्नु पर्नेछ
। धोदको क्षेत्रफल निकाल्न दुबै छेउको धोदको सबैभन्दा लामो साइड नापी दुबैको क्षेत्रफलको
औसत क्षेत्रफल यकिन गरी त्यसलाई धोदको लम्बाइले गुणन गरी धोदको आयतन कायम
गरी त्यसलाई गोलियाको आयतनबाट घटाइ गोलियाको वास्तविक आयतन कायम गर्नु पर्नेछ