नियम २१
काठको ओसार पसार
(१) राष्ट्रिय वन क्षेत्रभित्र संङ्कलन गरिएको गोलिया काठलाई घाटगद्दीबाट टाँचा लगाई अधिकार प्राप्त अधिकारीले ओसार पसार गर्न छोडपूर्जी दिनेछ । (२) उपनियम (१) बमोजिम छोडपूर्जी भएको गोलिया काठ चिरान गरेपछि सःमिल तथा फर्निचर उद्मोगले आफ्नो उत्पादन भनी जिल्ला वन कार्यालयमा दर्ता गराईए बमोजिमको ढाँचा प्रयोग गरी ओसार पसार गर्नु पर्नेछ । यसरी ओसार पसार गर्दा सोको अग्रीम जानकारी जिल्ला वन कार्यालयमा दिई बाटोमा पर्ने जाँच चौकीहरुबाट दरपिठ गराई लैजानु पर्नेछ । (३) अधिकार प्राप्त अधिकारीले शङ्का लागेमा जुनसुकै समयमा सःमिल तथा फर्निचर उद्मोगको जाँचबुझ गर्न सक्नेछ ।