दफा २३
कानून बमोजिम बाहेक वैयक्तिक सूचना सङ्कलन गर्न नहुने
(१) कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा त्यस्तो अधिकारीबाट अनुमति प्राप्त व्यक्ति बाहेक अन्य कसैले कुनै पनि व्यक्तिको वैयक्तिक सूचना सङ्कलन, भण्डारण, संरक्षण, विश्लेषण, प्रशोधन वा प्रकाशन गर्न हुँदैन।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास विषयमा अध्ययन वा अनुसन्धान गर्ने वा जनमत सङ्कलन गर्ने प्रयोजनका लागि सम्बन्धित व्यक्तिको मञ्जुरी लिई निजले दिएको सूचना सङ्कलन गर्न सकिनेछ।
(३) उपदफा (२) बमोजिम सूचना सङ्कलन गर्दा कुन प्रयोजनको लागि सूचना सङ्कलन गरेको हो सो सम्बन्धमा निजलाई पूर्ण जानकारी नदिई सङ्कलन गर्नु हुँदैन।
स्पष्टीकरण: सर्वसाधारणलाई सम्बोधन गरी आम सञ्चारका माध्यमबाट तथ्याङ्क सङ्कलन गर्ने विषयको सूचना प्रसारण वा सार्वजनिक भएकोमा त्यस्तो सूचनालाई यस दफाको प्रयोजनको लागि जानकारी दिएको मानिनेछ।
(४) उपदफा (२) बमोजिम सूचना सङ्कलन गर्दा देहायका विषय स्पष्ट रूपमा खुलाउनु पर्नेछ:-
(क) सूचना सङ्कलन गर्ने समय,
(ख) सूचनाको विषय वस्तु,
(ग) सूचनाको प्रकृति,
(घ) सूचना सङ्कलनको उद्देश्य,
(ङ) सूचना परीक्षणको विधि र प्रक्रिया,
(च) सङ्कलित सूचनाको गोपनीयता राख्ने विषयको सुनिश्चितता,
(छ) सङ्कलित सूचनाको सुरक्षा लगायतका विषय।
(५) कानून बमोजिम सूचना सङ्कलन गर्न अधिकार प्राप्त अधिकारीले कुनै व्यक्तिको सूचना सङ्कलन गर्दा सम्बन्धित व्यक्तिबाट नै जानकारी लिई सङ्कलन गर्नु पर्नेछ।
(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको व्यक्तिको तर्फबाट देहायका व्यक्तिले सूचना दिन सक्नेछः-
(क) अठार वर्ष उमेर नपुगेको वा होस ठेगानमा नरहेको व्यक्तिको हकमा त्यस्तो सूचना दिँदा निजको अहित नहुने भएमा निजको संरक्षक वा माथवर व्यक्ति,
(ख) अन्य व्यक्ति भए निजले अख्तियारी दिएको वारिस वा प्रतिनिधि।
(७) देहायको अवस्थामा बाहेक उपदफा (१) बमोजिम अधिकार प्राप्त अधिकारीले वैयक्तिक सूचना सङ्कलन गर्नु हुँदैनः-
(क) जुन कानून बमोजिमको अख्तियारी प्रयोग गरी त्यस्तो अधिकारीले वैयक्तिक सूचना सङ्कलन गरेको हो सोही कानून बमोजिम निजले सङ्कलन गरेको भएमा,
(ख) प्रचलित कानून बमोजिम त्यस्तो अधिकारीले त्यस्तो सूचना सङ्कलन गर्ने व्यवस्था भएकोमा,
(ग) फौजदारी कसूरको अनुसन्धान, अभियोजन वा अदालती कारबाही वा कानून कार्यान्वयनको सिलसिलामा सङ्कलन गरेको भएमा,
(घ) कुनै सङ्गठित संस्था वा सार्वजनिक निकायले जुन व्यक्तिको सम्बन्धमा सूचना सङ्कलन गरेको हो त्यस्तो व्यक्ति त्यस्तो संस्थाको कुनै पदमा बहाल रहेको वा बहाल रहन लागेको वा त्यस्तो सूचना त्यस्तो संस्था वा निकायको स्वीकृत कार्यक्रम अन्तर्गत रहेकोमा।
(८) वैयक्तिक तथ्याङ्कको सङ्कलन, प्रशोधन, विश्लेषण र उपयोग सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।