दफा ७२
काबूबाहिरको परिस्थितिको असर
: (१) असर पर्ने पक्षले यस पेट्रोलियम सम्झौताको शर्त बन्देज पालना गर्न पूर्व सतर्कता र होसियारीपूर्वक उपयुक्त बैकल्पिक उपाय अपनाउँदा पनि काबूबाहिरको परिस्थिति सृजना भई कुनै पक्षले यस पेट्रोलियम सम्झौताको कुनै शर्त बन्देज पालना गर्न असफल भएमा यस सम्झौताको उल्लंघन भएको मानिने छैन ।
तर त्यस्तो अवस्थामा पनि प्रत्यक्ष असर नपार्ने खालका पेट्रोेलियम अन्वेषणसँग सम्बन्धित अन्य कार्यहरु सूचारु गरेको हुनु पर्नेछ ।
(२) असर पर्ने पक्षले यस सम्झौताको शर्त बन्देज पूरा गर्नमा पर्न आएको असमर्थता ढिला नगरिकन हटाउन हरसम्भव उचित उपाय अपनाउने छ ।
(३) काबू बाहिरको परिस्थिति परेमा असर पर्ने पक्षले देहायको विवरण खुलाई सात दिनभित्र विभागलाई लिखित जानकारी दिनु पर्नेछ ः-
(क) काबू बाहिरको परिस्थितिको विवरण,
(ख) काबू बाहिरको परिस्थितिको कारणले गर्दा असर पर्ने पक्षको अधिकार वा दायित्वमा पुग्न सक्ने असर,
(ग) काबू बाहिरको परिस्थिति कायम रहने अनुमानित अवधि,
(घ) काबू बाहिरको परिस्थितिको असर न्यूनीकरण गर्न अवलम्बन गरेको वा गरिने उपायको विवरण ।
(३क) काबू बाहिरको परिस्थिति समाप्त भएपछि असर पर्ने पक्षले सामान्य परिस्थिति कायम भएको कुराको लिखित जानकारी सात दिनभित्र विभागलाई दिनु पर्नेछ ।
(४) काबूबाहिरको परिस्थितिको असरलाई न्यून गर्न दुवै पक्षले उचित उपाय अपनाउने छन् ।
(५) काबूबाहिरको परिस्थितिले गर्दा पेट्रोलियम कार्य स्थगित वा ढिलाई भएमा त्यसरी स्थगित वा ढिलाई भएको तीस दिनभन्दा बढी अवधि बराबर यस पेट्रोलियम सम्झौताको म्याद बढाइनेछ ।
(६) दफा ७१ बमोजिमको काबू बाहिरको परिस्थितिको कारणबाट लगातार एक वर्षसम्म पेट्रोलियम कार्य स्थगित भएमा कुनै पक्षले अर्को पक्षलाई पन्ध्र्र दिनको लिखित सूचना दिई सम्झौता रद्द गर्न सक्नेछ ।