दफा ३८
काम कारबाही सच्याउन वा बदर गर्न सक्ने
(१) संविधान, यो ऐन र अन्य प्रचलित कानून बमोजिम आयोगको परामर्श लिनु पर्ने विषयमा आयोगको परामर्श नलिई कुनै काम कारबाही भए गरेमा आयोगले त्यस्तो काम कारबाही बदर: गर्न सक्नेछ ।
(२) दफा ३७ बमोजिम अनुगमन वा निरीक्षण गर्दा वा गराउँदा संविधान, यो ऐन, अन्य प्रचलित कानून तथा आयोगले निर्धारण गरे बमोजिमको कार्यविधि र शर्त पूरा नगरी कुनै कर्मचारीलाई नियुक्ति, बढुवा वा विभागीय कारबाही गरेको पाइएमा त्यस्तो नियुक्ति, बढुवा वा विभागीय कारबाही सच्याउन वा बदर गर्न आदेश दिन सक्नेछ ।
(३) आयोगले प्रकाशन गरेको विज्ञापन बमोजिमको परीक्षामा वा आयोगले सञ्चालन गरेको परीक्षामा उम्मेदवार हुन कुनै व्यक्तिले पेश गरेको शैक्षिक योग्यता, उमेर समावेशिताको आधार लगायतका कुनै विवरण झुट्टा वा गलत देखिन आएमा आयोगले त्यस्तो उम्मेदवारको दरखास्त, परीक्षा, अन्तर्वार्ता वा नियुक्तिको सिफारिस बदर गर्नेछ र निजले नियुक्ति पाइसकेको भए प्रचलित कानून बमोजिम आवश्यक कारबाही चलाउन सम्बन्धित निकायमा लेखी पठाउनेछ ।
(४) आयोगद्वारा प्रत्यायोजित अधिकार बमोजिम नियुक्त हुने पदमा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा कार्यविधि वा आयोगले तोकेको शर्त पूरा नगरी कुनै व्यक्तिलाई नियुक्ति गरेको पाइएमा आयोगले त्यस्तो नियुक्तिलाई जुनसुकै बखत बदर गर्न सक्नेछ ।