दफा ६९
कामदारको आय फिर्ता
(१) वैदेशिक रोजगारमा गएका नेपाली कामदारले आर्जन गरेको बचत रकम
बैङ्क वा इजाजतप्राप्त बैङ्किङ्ग सेवा प्रदान गर्ने संस्था मार्फत स्वदेश फिर्ता पठाउनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कामदार स्वदेश फिर्ता आउँदा निजले वैदेशिक रोजगारको सिलसिलामा आर्जन गरेको बचत रकम आपूmसँगै लिएर आउन सक्नेछ ।
(३) कुनै नेपाली कामदारले सम्झौतामा उल्लिखित समयावधियभित्र विदेशमा रही कमाएको आर्जन बैङ्क वा बैङ्किङ्ग सेवा प्रदान गर्ने संस्था मार्फत स्वदेश फिर्ता पठाएमा त्यस्तो कामदारलाई तोकिए बमोजिमको सुविधा प्रदान गरिनेछ ।