दफा १७
कामदारको छनौट गरी सूची तयार गर्नु पर्ने
: (१) दफा १५ को उपदफा (३) बमोजिम निवेदन प्राप्त भएपछि माग भई आएको कामको प्रकृति अनुसार निवेदकको योग्यता तथा अनुभव र तोकिए बमोजिमको अन्य कुराका आधारमा इजाजतपत्रवालालेकामदारको छनौट गरी छनौट भएका व्यक्तिको सूची तयार गरी त्यस्तो सूची इजाजतपत्रवालाकोकार्यालयकोसूचना पाटीमा टाँस गर्नु पर्नेछ र सोको
एक प्रति विभाग समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कामदारको सूची तयार गर्दा कुनै अनियमितता भएको भनी विभाग समक्ष कसैको उजुरी पर्न आएमा वा विभाग आ फै लाई कुनै तवरबाट जानकारी हुन आएमा सोसम्बन्धमा विभागले तत्काल आवश्यक छानवीन गर्न सक्नेछ र त्यसरी छानवीन गर्दा उजुरी निवेदन अनुसार कुनै अनियमितता भएको देखिएमा विभागले कामदार छनौट सम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्ने आदेश दिनेछ ।