दफा ९७
काममा लगाउन नहुने
(१) कसैले पनि यस ऐन बमोजिम इजाजतपत्र नलिएको वा इजाजतपत्र नवीकरण नगराएको संस्थालाई बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको रूपमा काममा लगाउनु हुँदैन।

(२) उपदफा (१) बिपरीत कुनै बीमकले बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकलाई काममा लगाएमा सोबाट सिर्जना हुने सम्पूर्ण दायित्व र परिणाम 'बीमक आफैंले व्यहोर्नु पर्नेछ।

(३) इजाजतपत्र खारेजी भएको कुनै बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकले इजाजतपत्रको अवधि कायम रहेका बखत गरेको बीमा व्यवसाय सम्बन्धी कुनै कामबाट सिर्जना भएको दायित्व सम्बन्धित _बीमकले व्यहोर्नु पर्नेछ।

(४) बीमा मध्यस्थकर्ताले कुनै पनि बीमकको सञ्चालक, कार्यकारी प्रमुख, कर्मचारी वा परामर्शदाताको रुपमा कार्य गर्न पाउने छैन।