दफा १५
कायम मुकायम
(१) स्वास्थ्य सेवाको रिक्त वा पदाधिकार रहेको कुनै विभागीय प्रमुख वा कार्यालय प्रमुखको पदमा मात्र बढीमा एक वर्ष सम्मको लागि त्यस्तो रिक्त वा पदाधिकार रहेको पदभन्दा एक तह मुनीको सम्बन्धित समूह, उपसमूहका कर्मचारीलाई तोकिएको आधारमा कायम मुकायम मुकरर गर्न सकिनेछ ।
(२) उपदफा (१) मा जुनसकै कुरा लेखिएको भए तापनि  लोक सेवा आयोगबाट स्थायी पूर्तिका निमित्त सिफारिस भई नआएसम्मको लागि लोक सेवा आयोगको परामर्शमा सो पदमा कायम मुकायमको अवधि बढीमा एक वर्षको लागि थप गर्न सकिनेछ ।