दफा १६
कारवाई नहुनेः

यस ऐन अन्तर्गत वर्गीकरण गरिएको लिखत आफ्नो जिम्मामा हुने व्यक्तिले अरू कुनै व्यक्तिलाई अधिकृत व्यक्ति सम्झी त्यस्तो लिखत देखाएको वा अन्य कुनै प्रकारले प्रकाश गरेको रहेछ भने निजलाई यस ऐनबमोजिम कारवाई गरिनेछैन ।
तर निजले जानी जानी अनधिकृत व्यक्तिलाई वर्गीकृत लिखत देखाएको वा प्रकाश गरेको रहेछ भने निजलाई यस ऐन बमोजिम कारवाही गर्न बाधा पर्ने छैन ।