दफा १६
कारोबारको विवरण माग्न वा कारोबार वा खाता रोक्का राख्न सकिने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि स·ठित अपराधको अनुसन्धानबाट सो अपराधको आरोप लागेको व्यक्ति वा निजको परिवारको कुनै सदस्य वा सो अपराधमा संलग्न भएको छ भनी विश्वास गर्नु पर्ने मनासिव कारण भएको कुनै व्यक्तिको कुनै बैड्ढ वा वित्तीय संस्थामा कुनै कारोबार भएको वा खाता रहेको देखिएमा अनुसन्धान अधिकारीले त्यस्तो कारोबार वा खाताको विवरण माग गर्न वा त्यस्तो कारोबार वा अदालतको अनुमति लिई खाता रोक्का राख्न आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको आदेश भएमा सम्बन्धित बैड्ढ वा बित्तीय संस्थाले सो आदेश बमोजिमको विवरण उपलब्ध गराउन र कारोबार वा खाता रोक्का राख्नु पर्नेछ ।