नियम ३
कार्य योजना तयार गर्ने
(१) सरकारद्वारा व्यवस्थित वनको व्यवस्थापनको लागि विभागले देहायका कुराहरु खुलाई एक वा एकभन्दा बढी जिल्लाको निमित्त भू–बनोट तथा प्राकृतिक सिमानाको आधारमा वन व्यवस्थापन कार्य योजना तयार गर्नु पर्नेछस्(
(क) सबै जङ्गल, झाडी, बुट्यान, घाँसे जग्गाले ओगटेको तथा खालि पर्ति रहेको क्षेत्र,
(ख) वन सीमाहरुको अवस्थिति,
(ग) भू–उपयोग तथा रुखका प्रजाति अनुसारको विवरण देखिने गरी तयार गरिएको वनको नक्शा,
(घ) जनसंख्या तथा जनघनत्व तथा वन पैदावारको उपयोग सम्बन्धी विवरण,
(ङ) वन पैदावारको विवरण,
(च) वन जङ्गलका विकास तथा संरक्षण सम्बन्धी कार्यक्रम र उपाय,
(छ) वन पैदावारको संकलन, उपयोग तथा बिक्री सम्बन्धी बार्षिक विवरण,
(ज) स्थानीय जनतालाई आवश्यक पर्ने वन पैदावार,
(झ) कार्ययोजना अवधिभर वन पैदावारबाट प्राप्त हुने वार्षिक राजश्वको अनुमान,
(ञ) कार्ययोजना लागू गर्नको लागि आवश्यक पर्ने जनशक्ति तथा खर्चको
विवरण,
(ट) भू–संरक्षण, पर्यटन विकास, वातावरण र ऐतिहासिक सम्पदाको संरक्षण
सम्बन्धी कार्यक्रम,
(ठ) वन व्यवस्थापनको लागि उपयुक्त अन्य विवरणहरु ।
(२) यो नियम प्रारम्भ हुनु भन्दा अघि स्वीकृत भएका कार्य योजना यसै नियमावली बमोजिम
तयार गरेको मानिनेछ ।