दफा २६
कार्य योजनामा संशोधन
(१) उपभोक्ता समूहले सामुदायिक वन व्यवस्थापन सम्बन्धी कार्य योजनामा आवश्यकता अनुसार समयानुकूल संशोधन गर्न सक्नेछ र त्यस्तो संशोधनको जानकारी डिभिजनल वन अधिकृतलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम उपभोक्ता समूहले कार्य योजनामा गरेको संशोधनले वातावरणमा उल्लेखनीय प्रतिकूल असर पर्ने देखिएमा डिभिजनल वन अधिकृतले त्यस्तो संशोधनको जानकारी प्राप्त भएको तीस दिनभित्र उपभोक्ता समूहलाई सो संशोधन लागू नगर्न निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु उपभोक्ता समूहको कर्तव्य हुनेछ ।