दफा २०
कार्य योजना
(१)सरकारद्वारा व्यवस्थित वनको व्यवस्थापनको लागि जिल्ला वन कार्यालयले तोकिए बमोजिम कार्ययोजना तयार गरी स्वीकृतिको लागि निर्देशनालय मार्फत प्रदेश मन्त्रालयमा पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम पेश भएको कार्ययोजनामा कुनै हेरफेर गर्न आवश्यक देखेमा प्रदेश मन्त्रालयले त्यस्तो कार्ययोजना निर्देशनालयमा फिर्ता पठाउन सक्नेछ र निर्देशनालयले आवश्यक हेरफेर गरी आफ्नो राय सहित पठाएपछि सो कार्ययोजना विभागले स्वीकृत गर्नेछ ।
(३) उपदफा (२) बमोजिम स्वीकृत भएको कार्य योजना डिभिजन वन अधिकृतले आफ्नो डिभिजन वन कार्यालयको अधिकार क्षेत्रमा लागू गर्नेछ ।