नियम
कार्य विवरण
(१) ऐनको दफा १५ बमोजिम समितिले स्वीकृत गरेको अनुसूची–३ बमोजिमको कार्य विवरण महासचिवले लागू गर्नु पर्नेछ ।
(२) यो नियमावली प्रारम्भ हुँदाका वखत बहाल रहेका कर्मचारीहरूको कार्य विवरण यो नियमावली प्रारम्भ भएको छ महिनाभित्र लागू गरी सक्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको कार्य विवरणमा मूल्याङ्कन गर्न सकिने वस्तुगत आधारहरू समेत उल्लेख गर्नु पर्नेछ र प्रत्येक कार्यको सूचकाङ्क आधार समेत तोक्नु पर्नेछ ।
(४) कार्य विवरण लागू भए नभएको सम्बन्धमा समितिले अनुगमन गरी लागू भएको नपाइएमा तत्काल लागू गर्न सम्बन्धित पदाधिकारीलाई निर्देशन दिन सक्नेछ ।
(५) कार्य विवरणमा उल्लेख भएको सूचकाङ्कको कार्य प्रगतिको आधारमा सुपरीवेक्षकले प्रत्येक कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्नु पर्नेछ ।