दफा २६
कार्य सञ्चालनका स्तरहरू
: (१) करार क्षेत्रबाट दीर्घकालीन दृष्टिकोणबाट अधिकतम मात्रामा पेट्रोलियम उपलब्ध गर्न (टु माक्सिमाइज दि अल्टिमेट इकोनोमिक रिकभरी अफ पेट्रोलियम) तथा सक्षम र सुरक्षित तरिकाले पेट्रोलियमको अन्वेषण तथा उत्पादनको निमित्त तयार भएको प्रचलित पेट्रोलियम उद्योगको सर्वमान्य स्तर तथा ऐन, नियमानुसार ठेकेदारले लगनशीलताका bसाथ पेट्रोलियम कार्य सञ्चालन गर्नेछ ।
(२) पेट्रोलियम कार्यमा प्रयोग गरिने मालसामान, उपकरण र सुविधाहरू सर्वमान्य इञ्जिनीयरिङ्ग स्तर अनुरूपको हुनु पर्नेछ र राम्रो चालू हालतमा राख्नु पर्नेछ ।
(३) ठेकेदारले पेट्रोलियम कार्य सञ्चालन गर्दा,
(क) करार क्षेत्रमा फेला परेको र उत्पादन गरिएको पेट्रोलियम चुहिएर वा अन्य किसिमले खेर नजाने व्यवस्था गर्नेछ ।
(ख) नजिकको पेट्रोलियम, पानीयुक्त भू–रचना र अन्य प्राकृतिक स्रोतलाई हुने नोक्सानीबाट जोगाउनेछ ।
(ग) पेट्रोलियम भएको भू–रचनामा पानीको अवाँचित प्रवेश रोक्नु पर्नेछ ।
(घ) वातावरणमा पर्ने नोक्सानी वा प्रदूषण रोक्न आवश्यक सबै निवारक उपायहरू अपनाउनेछ ।