नियम १२
कार्य सम्पादन सम्झौता गर्नु पर्ने
१२. कार्य सम्पादन सम्झौता गर्नु पर्ने
(१) समितिले नियम ११ बमोजिम कार्यकारी निर्देशकको नियुक्ति गर्दा निजसँग कार्य सम्पादन सम्झौता गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम नियुक्ति गर्दा कार्यकारी निर्देशकले सम्पादन गर्नु पर्ने कार्य, सोको कार्य योजना तथा सोको अनुगमन मूल्यांकन सूचक सम्बन्धी व्यवस्था कार्य सम्पादन सम्झौतामा उल्लेख गर्नु पर्नेछ ।