नियम ३०
कार्यकारी निर्देशकको योग्यता
कार्यकारी निर्देशकको पदमा नियुक्ति हुन देहाय बमोजिमको योग्यता पुगेको व्यक्ति हुनु पर्नेेछः–
(क) नेपाली नागरिक,
(ख) मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, कानून, व्यवस्थापन, जनप्रशासनमध्ये कुनै एक विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको,
(ग) पैंतीस वर्ष पूरा भएको,
(घ) सरकारी वा गैरसरकारी संस्थामा कम्तीमा अधिकृतस्तरको पदमा दश वर्षको कार्य गरेको,
(ङ) नैतिक पतन देखिने फौज्दारी अभियोगमा सजाय नपाएको,
(च) तत्काल राजनैतिक दल वा संगठनको सदस्य नरहेको,
(छ) मगज नबिग्रिएको ।