नियम ३३
कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने
कार्यकारी निर्देशकले बोर्डको हित विपरीत कुनै कार्य गरेको वा खराब आचरण, इमानदारीपूर्वक कर्तव्य पालन नगरेको वा कार्यक्षमताको अभाव भएको आधारमा निजलाई नेपाल सरकारले जुनसुकै बखत
कार्यकारी निर्देशकको पदबाट हटाउन सक्नेछ ।
तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौकाबाट बञ्चित गरिने छैन ।