दफा ३८
कार्यकारी निर्देशक
(१) संस्थाको प्रशासकीय काम कारबाही संचालन गर्नको लागि परिषद्ले लेखा सम्बन्धी अनुभव भएको कुनै व्यक्तिलाई कार्यकारी निर्देशकको पदमा नियुक्त गर्नेछ ।
(२) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ र परिषद्ले चाहेमा निजलाई पुन नियुक्त गर्न सक्नेछ ।
(३) कार्यकारी निर्देशकको अनुपस्थितिमा परिषद्ले संस्थाको कुनै अधिकृत कर्मचारीलाई कार्यकारी निर्देशकको काम गर्न तोक्न सक्नेछ ।