नियम ६
कार्यकारी निर्देशक
: (१) केन्द्रीय बाल कल्याण समितिको प्रशासकीय प्रमुखको रुपमा काम गर्न एक कार्यकारी निर्देशक रहनेछ ।
(२) बालकको हक हितको संरक्षण तथा बाल कल्याणकारी कार्यमा अनुभव प्राप्त व्यक्तिलाई नेपाल सरकारले कार्यकारी निर्देशकको पदमा नियुक्त गर्न वा तोक्न सक्नेछ ।
(३) कार्यकारी निर्देशकको पदावधि पाँच वर्षको हुनेछ र केन्द्रीय बाल कल्याण समितिको सिफारिसमा नेपाल सरकारले निजको पदावधि बढीमा तीन वर्षको लागि थप गर्न सक्नेछ ।
(४) कार्यकारी निर्देशकले केन्द्रीय बाल कल्याण समितिको सचिव भई काम गर्नेछ ।
(५) कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तहरु नेपाल सरकारले तोकि दिए बमोजिम हुनेछ ।